कञ्चनपुर /कञ्चनपुर को कृष्णपुर नगरपालिका–२ बाणी बजारबाट बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्ला अदालतको २०८० माघ २४ गतेको फैसलाअनुसार बहुविवाह मुद्दामा १ वर्ष २ महिना कैद सजाय तोकिएका ३० वर्षीय दिलु बादी र २७ वर्षीया अन्नु सुनारलाई शुक्रबार पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय झलारी बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बाणी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।











