सिलगढी /डोटी को जोरायल गाउँपालिका–४ वगर बस्तीमा भरुवा बन्दुक पड्किँदा एक युवक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आज बुधबार करि चार बजेकाे समयमा स्थानीय नरबहादुर दर्लामीका २५ वर्षीय छोरा करणबहादुर दर्लामी घरबाट पिनाकेश्वर सामुदायिक वनतर्फ बन्दुक बोकेर जाने क्रममा लड्दा बन्दुक एक्कासी पड्किएको हो।
बन्दुकबाट निस्किएको छर्रा करणको दाहिने छातीमा लागेर ढाडसम्म पुगेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको छ।
घटनापछि प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











