डोटी / संविधान दिवशको अबसरपारि डोटीको दिपायल सिलगढी नगरपालिका बडा नं. ६ सिलगाँउका युवाहरुले गाँउटोल सरसफाई गरेका छन् ।
आफ्नो ठाँउ आफै बनाउ भन्ने मुल नाराका साथ युवाहरु एउटा गाँउ क्षेत्रमा पर्ने सबै सार्वजनिक बाटो सरसफाई गरेको स्थानिय युवा शंकर नेपाली बताए । गाँउमा पुग्नका लागी प्रयोग हुने सार्वजनिक बाटोमा फोहरहरु बढी देखिएकोले पहिलो चरणमा बाटो घर आगान सरसफाई गरिएको नेपालीको भनाई छ ।
सिलगाँउका युवाहरुले अब सामाजिक अभियानका रुपमा आफ्नो ठाउ आफै बनाउ भन्ने मान्यताका आधारमा अन्य सामाजिक कार्यहरु पनि गर्ने योजना बनाई रहेको नेपालीको भनाई रहेको छ । गाँउका स्थानिय युवाहरुले सरसफाई थालेपछि स्थानिय महिलाहरुले समेत सहयोग गरेको र आफ्ना गाँउ ठाँउमा सधै सरसफाई गर्ने स्वच्छ बतावरण बनाउने प्रतिबद्धता समेत जाहेर गरेको नेपालीले बताएका छन् ।