युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन सुरु हुने तयारी गरिएको छ। विश्वविद्यालयले यसै वर्षदेखि एमबिबिएससहित विभिन्न विषयमा पढाइ सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाएको हो।

विश्वविद्यालय सभाको चौथो बैठकले शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक ६ वटा नियमावली पारित गरिसकेको छ।

विश्वविद्यालयका रजिस्टार डा. खेमराज जोशीका अनुसार गेटामा यस वर्षदेखि एमबिबिएस, बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र बीएस्सी अप्टोमेट्री विषयमा अध्ययन सुरु हुनेछ। यसका लागि चिकित्सा शिक्षा आयोगसमक्ष ५० एमबिबिएस, ३० बीएस्सी नर्सिङ, २० मेडिकल ल्याब टेक्नोलोजी र २० बीएस्सी अप्टोमेट्री सिटका लागि आवेदन दिइएको छ।

उनका अनुसार कक्षा १२ को नतिजा सार्वजनिक भएपछि आयोगले प्रवेश परीक्षा लिनेछ र त्यसपछि शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ। विश्वविद्यालयले मंसिर–पुसदेखि पढाइ सुरु गर्ने लक्ष्य राखेको छ र आवश्यक तयारी भइरहेको जनाएको छ।

अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरेको छ। उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ भने छात्रवृत्ति कोटाको बजेट सुनिश्चित भइसकेको जानकारी दिइएको छ।

यसैबीच, विश्वविद्यालयले शैक्षिक जनशक्ति व्यवस्थापनका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन र फार्माकोलोजीलगायत विषयमा जनशक्ति पूर्ति गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय