सिलगढी/ मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेश का हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।











