कैलाली/ कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति सु.प.प्र. ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–७ का ४५ वर्षीय ओम प्रकाश मल्ल गम्भीर घाइते भएका थिए।
घाइते मल्ललाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











