बझाङ/ बझाङको सेती नदी किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको केदारस्यू गाउँपालिका–९ स्थित नदी किनारामा थलारा गाउँपालिका–५ का ५७ वर्षीय लालबहादुर सिंह बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ ले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











