डोटी, चैत २१ — डोटीको दिपायल सिलगढी नगरपालिका–५ चिसापानीस्थित के.आई. सिंह राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
घाइते हुनेमा डोटीकाे पुर्विचौकी गाउँपालिका–५ की ५१ वर्षीया अमृता साउँद, साेही ठाउँका २६ वर्षीय प्रकाश साउँद रहेकाे छन् । त्यस्तै
घाइते हुनेमा अछामकाे चौरपाटी गाउँपालिका–६ दुनी बस्ने२५ वर्षीया कला साउँद र चाैरपाटी १ बयाली बस्ने १९ वर्षीया कमला थापा रहेकाे डाेटी प्रहरीले जनाएको छ । हाईसमा सवार १५ जनामध्ये ४ जना घाइते भएका हुन् ।
घाइतेहरूलाई तत्काल उद्धार गरी शैलेश्वरी अस्पताल पिपल्ला, डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आज ( सनिवार ) बिहान करिब साढे ४ बजे धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ ज ०२३९ नम्बरको ईभी हाईस घुम्तीमा अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डबल ब. कठायतको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











