युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी
सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डोटी र अछाम जिल्ला अस्पतालका लागि अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार डोटी जिल्ला अस्पतालको अध्यक्षमा भरत बोहरा र अछाम जिल्ला अस्पतालको अध्यक्षमा लीलाराज केसी नियुक्त भएका छन्।
त्यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यहरू पनि मनोनयन गरिएको छ। कञ्चनपुरका लीला बोहरा र काशीराम बोहरा तथा बैतडीका पूर्णबहादुर टेरलाई सदस्यमा नियुक्त गरिएको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची संशोधन गर्ने निर्णय समेत गरेको छ। साथै, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी नियमावलीलाई पनि स्वीकृति दिइएको छ।

स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी विषयमा पनि निर्णय गरिएको छ। यस्तै, प्रदेश सभा पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची–२ मा समेत हेरफेर गरिएको छ।

यसका अतिरिक्त, बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी भवन निर्माण कार्यक्रमलाई सशर्त अनुदानमार्फत स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ।

प्रदेश सरकारले सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका पारित गर्नुका साथै वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्था र सुदूरपश्चिम जनता आवास कार्यक्रमको कार्यविधि पनि स्वीकृत गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय