डाेटी,
डोटीको जोरायल गाउँपालिका–२ रुवसकाँडामा मिनिट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
डाेटी प्रहरीकाअनुसार दुर्घटनामा मिनिट्रक चालक डडेल्धुरा अमरगढी नगरपालिका–२ का करिब २२/२३ वर्षीय रोहित खडायत गम्भीर घाइते भएका छन् । उनकाे टाउको तथा शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका छन्।
त्यस्तै सोही स्थानका २० वर्षीय मुकेश खडायत र २२ वर्षीय अनुप खडायत पनि घाइते भएका छन् । खडायत द्वयकाे अवस्था मध्यम रहेकाे छ । घाइतेहरूको उद्दार गरी उपचारका लागि धनगढीतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बुधबार बिहान करिब ४ बजे धनगढीबाट डडेल्धुरातर्फ आउँदै गरेको से १ क १५८९ नम्बरको मिनिट्रक घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खस्दा दुर्घटना भएको हाे ।











