सिलगढी, हाल देशमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ।ती क्षेत्रहरूसहित बाँकी भू–भागमा तुँवालो लागेको जनाइएको छ।
तराईका केही स्थानमा दिउँसो हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
बिहान–बेलुकाको समयमा तुँवालोका कारण दृश्यता घट्न सक्ने भएकाले सवारी चालकहरूले सावधानी अपनाउन आग्रह गरिएको छ।











