सिलगढी/देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। कर्णाली र सुदूरपश्चिमसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।











