कैलाली /कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१९ फूलबारी निवासी २० वर्षीय बिमल चौधरी शुक्रबार दिउँसो विद्युत् पोलमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते चौधरीलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।











