सिलगढी,
डोटी घर भएका एक विद्यार्थी विगत एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सार्वजनिक अपिल गरेको छ।
जोरायल गाउँपालिका–२ (बुडर–दह) स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका दिनेश राज जोशी माघ २३ गते दिउँसोदेखि परिवारको सम्पर्कमा आएका छैनन्। उहाँ कैलाली बहुमुखी क्याम्पस धनगढीमा बीएससी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन्।
परिवारका अनुसार सो दिनदेखि उहाँको मोबाइल सम्पर्क समेत हुन नसकेको र आफन्त तथा चिनजानका ठाउँमा खोजी गर्दा पनि हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। घटनापछि परिवार चिन्तित अवस्थामा रहेको छ।
परिवारले भावुक सन्देश दिँदै भनेको छ, “छोरा, जहाँ भए पनि सुरक्षित रहनु र एकपटक घरमा सम्पर्क गर। तिम्री आमा र हजुरआमा दिनरात तिम्रो प्रतीक्षामा हुनुहुन्छ।”
उहाँलाई कतै देख्नुभएको वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई तुरुन्त जानकारी गरिदिन अनुरोध गरिएको छ।
सम्पर्क नम्बर:९८६९१५५४१६, ९८६९५६४९४६











