कैलाली । कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–८ स्थायी घर भई धनगढी–१३ राजपुरमा डेरा गरी बस्दै आएका सतिङ दाहालले घरायसी विवादका क्रममा श्रीमती ३० वर्षीया हिरा दाहालमाथि कुटपिट गरेका थिए।
सोमबार कुटपिटबाट गम्भीर घाइते भएकी दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले आरोपी श्रीमान सतिङ दाहाललाई पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।











