युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा चट्याङ पर्दा दुई जना बालक घाइते भएका छन् भने एक घरमा क्षति पुगेको छ।

बडिकेदार गाउँपालिका–२ सडेखानमा घन्सराम लामिछानेको तीन कोठे एकतले कच्ची घरमा शुक्रबार साँझ करिब ७ः३५ बजे चट्याङ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। चट्याङको धमाकाले घरभित्र रहेका उनका नाती (छोरीका छोरा) करिब ७ वर्षीय दिपेश पुन मगर बेहोस भएका थिए।

घाइते बालकलाई तत्कालै स्थानीय मेडिकलमा पुर्‍याएर उपचार गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चट्याङका कारण घरमा जडान गरिएको विद्युत् मिटर बक्स जलेको छ भने घरका भित्ताहरू चर्किएर भौतिक क्षति भएको छ।

यस्तै, सोही स्थानमा बसोबास गर्ने शेरबहादुर लामिछाने मगरका करिब १३–१४ वर्षीय छोरा गोकुल लामिछाने मगरको पिठ्युमा चट्याङको झिल्का लाग्दा सामान्य चोट लागेको छ। उनको पनि स्थानीय मेडिकलमै उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

चट्याङपछि प्रभावित घरका छ जना परिवारजन छिमेकीको घरमा सुरक्षित रूपमा बसिरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खड्यौली, डोटीबाट प्रहरी सहायक निरीक्षक विक्रम डंगौराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय