बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एककाे ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म. १ त. १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका–८ स्थित अनारखोलीमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो
दुर्घटनामा परी दार्चुला जिल्लाकी अन्दाजी २०–२१ वर्षीया करन बुढा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म. १ त. १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका–८ स्थित अनारखोलीमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्याक्टरमा चालकसहित चार जना सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लगातार भइरहेका सवारी दुर्घटनाले पहाडी सडकको जोखिम र सवारी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।











