युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, माघ ४ गते 
गुरुकुलसहित संस्कृत भाषा पढाइ हुने सुदूरपश्चिमकै अग्रणी सरस्वती संस्कृत माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीले विगत ३९ वर्षदेखि संस्कृत अध्ययन गर्दै आइरहेका छन्। तर, यति लामो समयसम्म संस्कृत पढ्दै आएका दलित विद्यार्थीले छात्रवृत्ति, पोसाक तथा अन्य प्रोत्साहन भने अहिलेसम्म कतैबाट पाउन सकेका छैनन्।

दशरथचन्द नगरपालिका–६ नकतडीमा रहेको सरस्वती संस्कृत माध्यमिक विद्यालयमा हरेक वर्ष २० देखि ३० जना दलित समुदायका विद्यार्थी संस्कृत अध्ययनमा संलग्न हुन्छन्। कक्षा ६ देखि १० सम्म संस्कृत विषय पढाइ हुने यस विद्यालयमा संस्कृत पढ्ने करिब आधा विद्यार्थी दलित समुदायका रहेका छन्।

यो वर्ष कक्षा ६ देखि १० सम्म संस्कृत अध्ययन गर्ने ६९ जना विद्यार्थीमध्ये २४ जना दलित समुदायका रहेको शिक्षक दानसिंह कार्कीले जानकारी दिनुभयो। तल्लो कक्षामा जेनतेन टिकाएर संस्कृत पढ्ने दलित विद्यार्थी कक्षा १० उत्तीर्ण गरेपछि भने आर्थिक अभावका कारण माथिल्लो कक्षाको पढाइ छाडेर रोजगारी खोज्दै भारत जाने बाध्यतामा छन्।

सरकारले कक्षा ६ देखि १० सम्म संस्कृत शिक्षामा ठूलो लगानी गरे पनि आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीलाई माथिल्लो अध्ययनका लागि स्थानीय तह वा दलित अधिकारका क्षेत्रमा काम गर्ने संस्थाबाट कुनै सहयोग नपाएको शिक्षक कार्कीको गुनासो छ।

विद्यालयमा संस्कृत व्याकरण, साहित्य, श्लोक, मन्त्रलगायत नेपाल सरकारद्वारा स्वीकृत पाठ्यक्रमअनुसार अध्यापन भइरहेको प्रधानाध्यापक हरिशरण उपाध्यायले बताउनुभयो। विद्यालयमा कक्षा १० सम्म मात्रै पढाइ हुने भएकाले कक्षा ११ र १२ मा संस्कृत पढ्न चाहने विद्यार्थीको सपना अधुरै रहने गरेको उहाँको भनाइ छ।

दलित समुदायका अगुवा बुद्धिवल्लभ धानुकका अनुसार २०४३ सालदेखि गाउँकै विद्यालयमा संस्कृत पढ्ने सुविधा भए पनि माथिल्लो कक्षाको अन्योलले धेरै अभिभावकले आफ्ना बालबालिकालाई अन्य विषयतर्फ मोड्न थालेका छन्।
“गुरुकुलमै बसेर पढ्न कठिन छ, बाहिर त झनै सहज वातावरण छैन,” उहाँले भन्नुभयो।

बैतडीका सरस्वती संस्कृत माध्यमिक विद्यालय, नकतडी र शङ्कर संस्कृत माध्यमिक विद्यालय, मुलखटालीमा करिब चार दशकदेखि संस्कृत शिक्षाको निरन्तरता रहे पनि समाजमा जातीय विभेद भने कायमै रहेको दलित समुदायको गुनासो छ। संस्कृत पढेका दलितलाई समेत अहिले पनि अछुतकै व्यवहार गरिने गरेको उनीहरूको अनुभव छ।

दलित अगुवा बुद्धिवल्लभ धानुक भन्छन्, “आज पनि गाउँमा ‘घिउ चल्छ, दूध चल्दैन; श्रम चल्छ, पानी चल्दैन’ भन्ने मानसिकता कायमै छ।”

जातीय विभेद जस्तो सामाजिक कुरीति अन्त्यका लागि समाजका प्रबुद्ध वर्ग, धर्मगुरु, नागरिक समाज र स्थानीय सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा प्रधानाध्यापक उपाध्यायले जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय