युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा,माघ ४ गते
बाजुराको गौमुल गाउँपालिका–२ माल्लोदुगुन (कुहुडा) मा विद्युत् सर्ट भएर भएको आगलागीमा स्थानीय विष्णु रोकायाको घर जलेर नष्ट भएको छ। आगलागीका कारण घरमा राखिएको नगद, अन्नपात, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर खरानी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगोले घरमा राखिएको नगद, बर्खाभरि मेहनत गरेर उत्पादन गरिएको अन्न तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री पूर्णरूपमा नष्ट गरेको पीडित विष्णु रोकायाले बताए।

आगलागीबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि परिवार अहिले खुला आकाशमुनि त्रिपालको सहारामा बस्न बाध्य भएको रोकायाको भनाइ छ।

“घर र घरभित्रको खानेकुरा, लगाउने कपडा सबै जलेर नष्ट भयो। अहिले परिवार चिसोमा त्रिपालको बास बस्नु परेको छ,” रोकायाले दुःखेसो पोखे।

बर्खाको समयमा मरिमेटी उत्पादन गरिएको अन्न र मजदुरी गरेर कमाएको ५० हजार रुपैयाँभन्दा बढी नगद जलेर नष्ट भएपछि परिवारको दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता थपिएको उनले बताए।

गौमुल गाउँपालिका–२ का वडा अध्यक्ष देबबहादुर रोकायाका अनुसार आगलागीबाट विष्णु रोकायाको करिब २० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ। पीडित परिवारको अवस्था दयनीय रहेकाले तत्काल राहत र सहयोगको आवश्यकता रहेको भन्दै स्थानीय सरकारले पहल गरिरहेको वडाध्यक्षले बताए।

पीडित रोकायाले सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई राहतका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय