युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली, माघ २
कैलालीको चुरे क्षेत्रमा काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीहरू फरार भएका छन्। डिभिजन वन कार्यालयले निगरानी र खोजतलास तीव्र पारेपछि उनीहरू भागाभाग भएका हुन्।
चुरे क्षेत्रबाट अवैध काठ तस्करी र वन्यजन्तुको चोरीसिकार बढेको सूचनापछि डिभिजन वन कार्यालय धनगढीले विशेष अपरेसन सुरु गरेको थियो। सो क्रममा पछिल्लो एक महिनामै चुरे गाउँपालिकाका विभिन्न सामुदायिक वन क्षेत्र र गाउँबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ।

वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरका अनुसार चुरे गाउँपालिका–२ खैरालास्थित दुई सामुदायिक वनका पदाधिकारीहरू नै काठ तस्करीमा संलग्न देखिएका छन्। “सामुदायिक वनका पदाधिकारीहरू अहिले फरार छन्, खोजी कार्य भइरहेको छ, दोषीलाई कानुनअनुसार कारबाही हुन्छ,” ठाकुरले पत्रकार सम्मेलनमा बताए।

वन अधिकृत ठाकुरको नेतृत्वमा खटिएको टोलीले त्रिवेणी र झरना सामुदायिक वनभित्र लुकाइराखिएको अवस्थामा २८७.५३ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको छ। यसैगरी चुरे गाउँपालिका–५ मौरीबाट २३० थान चिरान गरिएको ९१४९.९८ क्युफिट काठ र सलानीबाट ११८ थान चिरान गरिएको ९६८.६६ क्युफिट काठ फेला परेको छ। दुवै स्थानका सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालयले स्पष्टीकरण सोध्दै पत्राचार गरेको जनाएको छ।

डिभिजन वन कार्यालयका अनुसार चुरे क्षेत्रमा काठ तस्करीसँगै चोरीसिकार र वन अतिक्रमणसमेत बढ्दो छ। चोरीसिकारका प्रत्यक्ष प्रमाण भने हालसम्म फेला नपरेको कार्यालयले जनाएको छ। अतिक्रमण नियन्त्रणका लागि कार्ययोजनाअनुसार काम भइरहेको जनाइएको छ।

यसैबीच गौरीगङ्गा नगरपालिका–६ स्थित बाह्रवन साझेदारी वनबाट ३३ थान खयर जातको ९२५.२८ क्युफिट काठ बरामद गरिएको छ। खयरसहित गोदावरी नगरपालिका–७ का दुई जनालाई पक्राउ गरी उनीहरूमाथि मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय