कञ्चनपुर,
बसको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेका पुरुषको परिचय खुल्न सकेको छैन।
प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











