दार्चुला — दार्चुलाको महाकाली नगरपालिकामा भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय रामसिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते भएका थिए। घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा रामसिंह डोबालको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अर्का घाइते पदम साहुको उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।











