युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली — अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका ६ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका जोशीपुर गाउँपालिका–१ का २५ वर्षीय रबिन शाह र सोही उमेरका छवि भन्ने छत्रराज पाठक पक्राउ परेका छन्। यस्तै, सवारी ज्यान मुद्दामा १९ दिन कैद र ३२ हजार रुपैयाँ जरिवाना सजाय पाएका भजनी नगरपालिका–५ का २८ वर्षीय रुकेश डगौरा पनि नियन्त्रणमा परेका छन्।

त्यसैगरी, भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका जोशीपुर गाउँपालिका–७ का ४५ वर्षीय रामचन्द्र ओझा पक्राउ परेका छन्। ओखेटापहार मुद्दामा १ महिना १९ दिन कैद सजाय भएका भजनी नगरपालिका–८ का ३५ वर्षीय प्रशुराम चौधरी तथा वन मुद्दामा ५ महिना १९ दिन कैद र ६० हजार ६२४ रुपैयाँ जरिवाना सजाय तोकिएका घोडाघोडी नगरपालिका–४ का ६५ वर्षीय भैया चौधरी पनि पक्राउ सूचीमा रहेका छन्।

जिल्ला अदालत कैलालीको विभिन्न मितिमा भएको फैसलाअनुसार कैद तथा जरिवाना ठहर भई फरार रहेका ती सबै प्रतिवादीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय