कैलाली — कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
जिल्ला अदालत बझाङको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका बझाङको सुर्मा गाउँपालिका–२ का ५४ वर्षीय रंगलाल बोहरालाई सोमबार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय बझाङ तथा इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बोहरालाई धनगढी उपमहानगरपालिका–१९ फुलवारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बोहरालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको जनाइएको छ।











