कञ्चनपुर — विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा एक महिना १३ दिन कैद सजाय सुनाइएका भीमदत्त नगरपालिका–११ भुजेलाका ३२ वर्षीय रमेश सुनार र अभद्र व्यवहार मुद्दामा एक महिना कैद सजाय पाएका भीमदत्त नगरपालिका–१० जिमुवाका ५४ वर्षीय वीरसिंह बिष्ट रहेका छन् ।
जिल्ला अदालत कञ्चनपुरले फरक–फरक मितिमा गरेको फैसलाअनुसार कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।











