सिलगढी,पुस-२१
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा भने हुस्सु तथा कुहिरो लागेको छ।
विभागका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु÷कुहिरो रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाट दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।
मौसमविद्हरूले विशेषगरी बिहान र बेलुकीको समयमा तराई तथा उपत्यकाका क्षेत्रमा चिसो र कुहिरोका कारण सतर्कता अपनाउन आग्रह गरेका छन्।











