युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी — धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलका कारण वरपरको वातावरण दुर्गन्धित बनेको छ। कारागारभित्रका शौचालयबाट निस्कने फोहोर उचित व्यवस्थापन नहुँदा स्थानीयवासी लामो समयदेखि समस्यामा परेका छन्।
स्थानीयका अनुसार कारागारबाट बग्ने ढल नजिकैका निजी जग्गामा जम्दा खेतीयोग्य जमिन प्रयोगविहीन बनेको छ। स्थानीय पार्वती खरेलको पाँच कट्ठा जमिनमा वर्षौँदेखि ढलको फोहोर जमिरहेकाले खेती गर्न नसकिएको उनले बताइन्। “पहिले यही जमिनमा धान, गहुँ र तरकारी खेती गरेर परिवार पाल्थ्यौँ, अहिले दुर्गन्धका कारण न जमिनमा जान सकिन्छ न खेती गर्न,” उनले गुनासो गरिन्।
ढलका कारण दुर्गन्ध मात्र नभई झिँगा र लामखुट्टेको प्रकोप बढ्दा रोग फैलिने जोखिम समेत बढेको स्थानीयको भनाइ छ। बालबालिका, वृद्ध र बिरामीका लागि अवस्था झनै जोखिमपूर्ण बनेको उनीहरू बताउँछन्। कारागार नजिकको टोलका झन्डै एक दर्जन परिवार प्रत्यक्ष रूपमा प्रभावित छन्।
स्थानीय प्रतिभा खरेलका अनुसार वर्षायाममा ढल र सडकको पानी मिसिएर पूरै क्षेत्र दलदल जस्तै बन्छ। “वर्षातमा यहाँ हिँडडुल गर्नै गाह्रो हुन्छ,” उनले भनिन्।
समस्या समाधानको माग गर्दै पार्वती खरेलसहित स्थानीयले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, धनगढी उपमहानगरपालिका र वडा कार्यालयमा पटक–पटक निवेदन दिएका छन्। तीन वर्षअघि जिल्ला प्रशासनबाट समस्या समाधान गर्ने आश्वासन पाए पनि अहिलेसम्म ठोस काम नभएको उनीहरूको गुनासो छ।
धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन नीतिअनुसार फोहोर स्रोतबाटै वर्गीकरण, कुहिने फोहोरबाट कम्पोस्ट तथा बायोग्यास उत्पादन र सार्वजनिक जलस्रोतमा फोहोर फाल्न प्रतिबन्ध गरिएको भए पनि स्थानीय टोलमा भने त्यसको कार्यान्वयन नभएको उनीहरूको आरोप छ।
धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले कारागारको फोहोर व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी स्थानीय प्रशासनको भएको बताए। “तीन वर्षअघि समस्या समाधान हुन्छ भन्ने आश्वासनपछि स्थानीय शान्त भएका थिए, तर काम नभएपछि अहिले असन्तुष्टि बढेको छ,” उनले भने।
स्थानीयवासीले सर्वसाधारणले खोला वा सार्वजनिक स्थानमा फोहोर फाल्दा जरिवाना गरिने तर कारागारबाट निस्कने ढलका विषयमा सम्बन्धित निकाय मौन बसेको भन्दै तत्काल समाधानको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय