युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा — बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङ्गा खोलाको कटानको उच्च जोखिममा पर्दै आएको छ। २०७७ साल साउन २८ गते बुढीगङ्गा खोलामा आएको बाढीले बस्ती आसपासको भूभाग कटान गरेपछि यहाँका स्थानीय निरन्तर जोखिममा बस्न बाध्य छन्।

उक्त बस्तीमा हाल करिब ४० घरपरिवारको बसोबास रहेको छ। खड्का र साउद समुदायका परिवार बसोबास गर्दै आएका यस बस्तीमा अने साउद, लालसिंह साउद, विक्रम साउद, दाने साउद, लालबहादुर खड्का, प्रभाते खड्का र बिर्ख खड्काका परिवार बढी जोखिममा रहेको स्थानीयले बताएका छन्।

स्थानीय लालबहादुर खड्काका अनुसार २०७७ सालको बाढीपछि खोलाले दुवैतर्फ कटान गर्न थालेसँगै अहिले पूरै बस्ती नै जोखिममा परेको छ। “हाम्रो मुख्य समस्या बस्ती जोगाउने हो, यसका लागि धेरै ठाउँमा पहल गर्यौँ, तर अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन,” उनले भने।

यसअघि बस्ती संरक्षणका लागि करिब १० लाख रुपैयाँ लागतमा ग्याबिन जाली लगाइएको भए पनि २०७७ सालकै बाढीले ती संरचना बगाएपछि जोखिम अझ बढेको बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए। उनका अनुसार हाल कुनै स्थायी संरक्षण संरचना नहुँदा बस्ती पूरै असुरक्षित बनेको छ।

जिल्ला विपद् व्यवस्थापन संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरामा करिब १३५ बस्ती खोलाको कटान, बाढी र पहिरोको जोखिममा रहेको बताए। बस्ती बस्न अयोग्य ठहर भएपछि मात्रै स्थानान्तरण प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे।

स्थानीयवासीले समयमै सुरक्षित उपाय नअपनाइए बस्ती विस्थापनको जोखिम बढ्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय