बझाङ — बझाङको तलकोट गाउँपालिका–४ लोकण्डमा एक घरमा आगलागी भएको छ। स्थानीय हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट मंगलबार आगो लागेको प्रहरीले जनाएको छ।
आगलागीका क्रममा घरको भुइँतलामा बाँधेर राखिएका एक गाई, एक गोरु र एक भैँसी गरी तीन वटा चौपाया जलेर मरेका छन्। घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।











