दार्चुला — करणी मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका दार्चुलाका एक महिला र एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका–३ का २६ वर्षीय देबेन्द्र ठगुन्ना र सोही स्थानकी ३० वर्षीया मौना ठगुन्ना रहेका छन्। देबेन्द्र ठगुन्नालाई हाडनाता करणी मुद्दामा ३ महिनाको कैद सजाय तोकिएको थियो भने मौना ठगुन्नालाई १ महिना १५ दिनको कैद सजाय सुनाइएको थियो।
जिल्ला अदालत दार्चुलाले २०७३ जेठ ३० गते दिएको फैसलाअनुसार दुबै जनामाथि कैद सजाय कायम भए पनि उनीहरू फरार रहँदै आएका थिए। फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद सजाय भुक्तानका लागि सम्बन्धित निकायमा बुझाइनेछ।











