युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर /कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन निकै कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी बढी प्रभावित भएका छन्।
चिसोको प्रभाव बढ्दै गएपछि कञ्चनपुरका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले अत्यधिक चिसोका कारण पठनपाठन प्रभावित भएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन्।
झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक ईश्वरी भट्टका अनुसार चिसोका कारण विद्यालयमा आगो बालेर पढाउनुपर्ने अवस्था आएको छ। “ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढेको छ,” उनले भनिन्, “नगरपालिकाले केही दिनका लागि बिदा दिएपछि राहत मिल्ने अपेक्षा गरेका छौँ।”
हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपछि जनप्रतिनिधि पनि सतर्कतामा जुटेका छन्। कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझको समयमा चिसो अत्यधिक हुने भएकाले आवश्यक सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेकी छन्।
यसैगरी, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक तथा दीर्घरोगी बढी प्रभावित हुने भन्दै स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेकी छन्। उनले सामुदायिक वनलाई सार्वजनिक स्थान र बस्तीमा दाउरा उपलब्ध गराउनसमेत अनुरोध गरेको जानकारी दिइन्।
अत्यधिक चिसोका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ। बजार क्षेत्रमा चहलपहल घटेको छ भने बाक्लो हुस्सुका कारण सवारीसाधन दिनको समयमा समेत हेडलाइट बालेर सञ्चालन गर्नुपरेको छ।
चिकित्सकहरूले चिसोबाट बच्न न्यानो लुगा लगाउन, मनतातो पानी पिउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्। स्थानीय तहहरूले सम्भावित मानवीय क्षति कम गर्न सचेतनामूलक गतिविधि अघि बढाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय