कञ्चनपुर । कञ्चनपुर जिल्लामा विभिन्न मुद्दामा अदालतले सुनाएको सजाय कार्यान्वयन गर्ने क्रममा तीन जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरको २०८२ साल ०२ महिना १५ गतेको फैसलाअनुसार चोरी मुद्दामा एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका भिमदत्त नगरपालिका–१२ निवासी २३ वर्षीय आशिष रानालाई २०८२ साल ०९ महिना ०५ गते पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, लागुऔषध सम्बन्धी मुद्दामा तीन महिना कैद सजाय सुनाइएका भिमदत्त नगरपालिका–१० का २२ वर्षीय हरिश साउँदलाई पनि २०८२ साल ०९ महिना ०५ गते पक्राउ गरिएको छ। जिल्ला प्रहरीका अनुसार उनलाई प्रहरी चौकी जिमुवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
यसै दिन चोरी मुद्दामै एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका भिमदत्त नगरपालिका–१६ निवासी २० वर्षीय विशाल रानालाई पनि इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई अदालतको फैसला अनुसार सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।











