कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार झडप शुक्रबार दिउँसो करिब ४ बजे सुरु भएको थियो। घाइतेमध्ये किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन्। यसमध्ये किरण सिंह, करण कुँवर, दिनेश कुँवर र राजेन्द्र सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते चार जनालाई महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार झडपको विषयमा थप अनुसन्धान भइरहेको छ। हाल कारागार तनावपूर्ण अवस्थामा रहेको र प्रहरीले स्थिति नियन्त्रणमा राख्न सक्रिय प्रयास गरिरहेको छ।











