धनगढी / नेपालको संविधान जारी भएको ५ औ वर्ष पुरा गरि छैर्ठौ बर्षमा प्रबेश गरेको खुशीमा सुदुरपश्चिम प्रदेश सरकारले शुभकामना दिएको छ ।
नेपाली जनताको निकै लामो संघर्ष र बलिदानीबाट नेपालमा पहिलो पटक नेपाली जनताको हातबाट निर्माण भएको संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । संविधान दिवशको उपलक्ष्यमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीलाई शुभकामना दिएका छन् ।
मुख्यमन्त्री भट्ट द्धारा जारी शुभकामना सन्देशमा देश विदेशमा रहेका प्रदेशबासीलाई शुभकामना दिईएको छ भने राष्ट्रका लागी जिवनको आहुती दिने अम्मर शहिदहरु प्रति ससम्मानका साथ श्राद्धान्जली अर्पण गरिएको छ ।
संविधानले मुलुकका सबै जाति, लिङ्ग, महिला, दलित, भाषाभाषी, मधेशी, सिमान्तकृत सबै बर्गको अधिकार सुनिश्चित गरेको भन्दै उनले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरिएको सन्देशमा उल्लेख छ ।