युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली । कैलालीको गेटामा सञ्चालनको तयारीमा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अन्योलमा परेको छ। दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि योग्य उम्मेदवार नपाएपछि मन्त्रालयले तेस्रो पटक पुनः आवेदन खुलाएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो पटक कात्तिक १६ गते १५ दिनको समयसीमा राखेर उपकुलपति पदका लागि आवेदन माग गरेको थियो। तर उक्त अवधिमा कुनै पनि दरखास्त नपरेपछि दोस्रो पटक पाँच दिनको छोटो म्याद तोक्दै पुनः आवेदन आह्वान गरियो। दोस्रो चरणको म्याद मङ्सिर ५ गते सकिएको थियो।

यतिबेलासम्म उपकुलपति नियुक्त भई विश्वविद्यालयमा कार्यभार सम्हाल्नुपर्ने भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन। मन्त्रालयले अहिले तेस्रो पटक आवेदन खुलाए पनि यस पटक योग्य उम्मेदवार पाइन्छ कि पाइँदैन भन्ने विषयमा नै शङ्का व्यक्त गरेको छ।

यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत केही समयअघि गेटास्थित विश्वविद्यालयका लागि उपकुलपति खोज्न कठिन भइरहेको सार्वजनिक रूपमा स्वीकार गर्नुभएको थियो। उपकुलपतिविहीन अवस्थाले विश्वविद्यालय सञ्चालनको तयारीमा थप ढिलाइ हुने चिन्ता बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय