कैलाली / धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोलमा प्रहरीले शंका लागेर सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मिति २०८२ साल मंसिर २७ गते साँझ करिब ५ बजेको समयमा से ४ प ५०३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चालकको साथबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।
मोटरसाइकल चालक ऐ. १६, बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतको साथबाट करिब ३१० मिलिग्राम उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
फेला परेको लागूऔषध र मोटरसाइकलसहित कठायतलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।











