युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं /लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विराटनगर किंग्समाथि प्रभावशाली जित दर्ता गर्दै लुम्बिनी पहिलोपटक उपाधि भिडन्तमा पुगेको हो।

१३५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १७।५ ओभरमै अलआउट हुँदै ९४ रनमा समेटियो। विराटनगरका साम हाज्लेटले ३४ तथा नरेन भट्टले २१ रन जोडे। लुम्बिनीका तिलक भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने जे. स्मिथ, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले समान २–२ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। डार्ची शर्ट ४५ रनसहित शीर्ष स्कोरर बने भने कप्तान रोहित पौडेलले ३४ र निरोशन डिकेवालाले २९ रन जोडे। विराटनगरका सुबास भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए। त्यस्तै, सन्दीप लामिछानेले २ विकेट हात पारे।

जितसँगै लुम्बिनीले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ। सुदूर लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी इतिहासमै पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो।

लुम्बिनीले पछिल्ला पाँच खेलमा लगातार जित निकालेको छ। उसले काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरसँग पराजित भएपछि दोस्रो मौका पाए पनि फाइनलमा पुग्न असफल रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय