डाेटी, मंसिर_२५
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले डोटीबाट युवा नेता श्यामराज ओझालाई सिफारिस गरेको छ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति रहँदा प्रभावशाली, सक्रिय तथा बौद्धिक नेतृत्वको रुपमा पहिचान बनाएका ओझा हाल डोटीमा कांग्रेसभित्र उदीयमान युवा संभावनाका नेताका रूपमा हेरिँदै आएका छन्।
स्ववियु निर्वाचनमा “म्यान अफ द इलेक्सन” मानिने गरी उच्च मतान्तरसहित विजयी भएका ओझाले विश्वविद्यालयमा विद्यार्थी हितका मुद्दा, शैक्षिक सुधार, सुशासन, पारदर्शिता, सूचना तथा प्रविधि कार्यक्रम, क्याम्पस व्यवस्थापन सुधारजस्ता विषयमा गरेको सक्रियताका कारण युवा पुस्तामा ठूलो लोकप्रियता कमाएका थिए।
यिनै योग्यता र सक्रियताका आधारमा कांग्रेसले ओझालाई डोटीका लागि प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवारको रूपमा सिफारिस गरेपछि, उनीप्रति जिल्लाका युवाहरूबाट धेरै ठूलो समर्थन आउने अनुमान गरिएको छ।
अघिल्लो समाचार :
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fsupaonline.com%2F11233%2F&h=AT3IUBYPL2cGpvkg3qULzm6vyprV7gO22e5FSxv0_TCtVI4GfdONuLxtmm4nYQJOA6VbV_7GCxdXDwD1W_fg0EicR33p1SrJ2o6e6LRyPzlI0aPcM4Ekdbqhnrzq5fU&s=1











