समिक्षा आचार्य, काठमाण्डौ / उज्यालो नेपालका निर्माताको रुपमा परिचित नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैमा आग्रह गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहि ५ वर्षिया कार्यकाल पुरा गरेका घिसिङलाई पुनः नियुक्तिको माग गर्दै देशका विभिन्न स्थानमा स्वःस्फुत रुपमा प्रदर्शन हुन थालेपछि उनको पुनः नियुक्तिको माग गर्दै प्रदर्शन हुन थाले पछि घिसिङले आफ्नो पक्षमा प्रर्दशन नगर्न उनले सबैसँग आग्रह गरेका हुन् ।
शनिवार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै विज्ञप्तिमा थप भनीएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’