डोटी — बहुविवाह आरोपमा अदालतले सजाय सुनाएपछि फरार रहेका डोटीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डोटीले गरेको फैसलाअनुसार शिखर नगरपालिका–२, मुढेगाँउका ४० वर्षीय लालबहादुर दासलाई १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको थियो। फैसला कार्यान्वयनअघि नै फरार रहेका दासलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दासलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको छ।











