कञ्चनपुर — चोरी प्रकरणमा अदालतबाट दोषी ठहरिएर लामो समयदेखि फरार रहेका कञ्चनपुरका एक पुरुषलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कञ्चनपुरले २०५५ वैशाख २७ मा सुनाएको फैसलाअनुसार पुनर्वास नगरपालिका–३ का ६३ वर्षीय रामसिंह तामाङलाई एक महिना कैद र १२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए।
उनीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले सोमबार तामाङकै घर क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङलाई अब अदालतमा पेश गरी सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।











