डोटी, १७ कात्तिक – डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं. २ मौवामा जंगली भालुको आक्रमणमा एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार स्थानीय ६० वर्षीय कलु कामी घाइते भएकी हुन् । उनलाई खेतमा घाँस काट्दै गर्दा भालुले गाला, पेट, निधार र बाँया खुट्टा आक्रमण गरेको बताइएको छ।
घाइते महिलालाई सिरियस उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ।











