बाजुरा /बाजुरामा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित डाँडामा आइतबार एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार मृतक बुढीगंगा–१० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत भएको पुष्टि गरिएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











