डोटी, २०८२ मंसिर १४
डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
सोमबार साँझ ६: ४९ बजे दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परी घाइते हुनेमा आदर्श ४ देहिमाण्डौं बस्ने २१ वर्षीय भगवती बि.क. क्रमश स्थानीय ५ वर्षीय रितिका बि.क., घाइते भगवती बि.क.को छोरा १ वर्षीय राजन बि.क. ३८ वर्षीय टिका बि.क., १९ वर्षीय शेर बि.क. वडा नं.४ भुवा बस्ने अन्दाजी २८/२९ वर्षीय मोहन बिष्ट, साेही ठाउँ देहिमाण्डौं बस्ने १८ वर्षीय सरस्वती ओझा, भुवा बस्ने ३५ वर्षीय लाल बहादुर बिष्ट, देहिमाण्डौ बस्ने २५ वर्षीय दिल्ली राज ओझा, २३ वर्षीय बिष्ना ओझा, भुवा बस्ने २२ वर्षीय सन्तोष बिष्ट, देहिमाण्डौं बस्ने ४ वर्षीय दिपेश ओझा रहेका जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरूलाई स्थानीय काँणीस्याउले स्थित जीडी पोलिक्लिनिकमा उपचारका लागि पठाइएको छ।
जिल्ला प्रहरीका अनुसार सु.प्र.प्र ०२–००१ च ११३५ नम्बरको उक्त
जिप कच्ची सडक खण्डमा अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खसेकाे छ ।
जिप चालक आदर्श–४ भुवा निवासी करिब २८/२९ वर्षीय मोहन बिष्ट हुन् ।
घटनास्थलमा प्र.नि. पदम राज पन्तको कमाण्डमा ९ जनाको प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ।











