डोटी,
डोटीको पूर्वीचौकी गाउँपालिका–५ थापा गाउँकी एक महिलाकाे घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गएकाे छ ।
स्थानीय लालिदेवी चिरालको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको आफन्त स्राेतले जनाएको छ ।
सोमबार दिउँसो करिब साढे ३ बजे घर नजिकै रहेको सितलभिडी भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्राेतले जनाएको छ ।
प्रकाश चिरालकी पत्नी लालीदेवीका एक छोरा र एक छोरी छन्।











