युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं /काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चौथो जीत दर्ता गर्दै उत्कृष्ट प्रदर्शन निरन्तरता दिएको छ। आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमाडौँले सुखद नतिजा हात पारेको हो।

कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै सहजै पार गर्यो। यससँगै काठमाडौँले ६ मध्ये ४ खेल जित्दै अंकतालिकामा बलियो स्थान बनाएको छ भने कर्णालीले ५ खेलमा ४ औँ हार बेहोर्‍यो। कर्णालीले अहिलेसम्म एक मात्र खेलमा जित हात पारेको छ।

काठमाडौँको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसन बीचको ८६ रनको साझेदारी निर्णायक बन्यो। जोन ४१ रनमा आउट भए भने एरास्मस ४३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।
अन्य ब्याटरमध्ये वेन चार्ल्सवर्थले ३४, मिलिन्द कुमारले १५ र आकाश त्रिपाठीले ८ रन जोडे। रसिद खान भने खाता खोल्न नसकी आउट भए।
कर्णालीका नन्दन यादवले ३ विकेट लिए भने पवन सर्राफले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन मात्रै जोड्न सक्यो। कर्णालीका गुल्सन झाले तिव्र गतिमा खेल्दै २२ बलमा अविजित ४९ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोर दिलाए।
मार्क वाटले ३०, पवन सर्राफले ३५, नाजिबुल्लाह जाद्रानले १२, दीपक डुम्रेले १० रन योगदान दिए। कप्तान सोमपाल कामी ६ रनमै समेटिए भने प्रियांक पञ्चाल र विलियम बोसिष्टो क्रमशः ० र १ रनमै आउट भए।

काठमाडौँका बलरमध्ये रशिद खानले २ विकेट, जबकि कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट झारे।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय