किरण धामी, डोटी / आज असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । सोहि अवसरमा हरेक बर्ष विविध कार्यक्रमहरुको आयोजना गरि यो दिबश मुलुक भर मनाईदै छ ।
डोटी जिल्लामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै दिबश बनाउन जिल्ला प्रशासन कार्यालय डोटीले यस भन्दा पहिले नै सूचना जारी गरिको छ । प्रशासनले सूचना मार्फत सरकारी निकाय र प्रतिष्ठान, संघसंस्था, कार्यालय, स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा दिवस मनाउन अनुरोध गरेको छ । सूचनामा भनिएको छ असोज २, ३ र ४ गते सबै कार्यालयलाई राष्ट्रिय झण्डा फरफराउन र सर्वसाधारणलाई साझ दिप प्रज्वलन गर्न आग्रह गरिएको छ ।
त्यस्तै सूचनामा संचारमाध्यममा संविधान सम्बन्धी सन्देश तथा कार्यक्रम प्रसारण प्रकाशन गर्न र शहिदहरुलाई सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न धार्मीक स्थलमा पूजापाठ तथा प्रार्थना गर्न समेत जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ ।