बैतडी /बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामग्री बैंक स्थापना गरिएको छ। नगर बाल अधिकार समितिको बैठकले गरिब, विपन्न, टुहुरा, अपाङ्गता भएका तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले बैंक सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
नगर उपप्रमुख तथा समितिका अध्यक्ष कमल सिंह बोहराका अनुसार आर्थिक अभावले अध्ययनमा बाधा नपरोस् भन्ने हेतुले सामग्री बैंक सुरु गरिएको हो।
समितिका सदस्य तथा शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार इच्छुक व्यक्तिहरूले कापी, कलम, झोला लगायत कुनै पनि शैक्षिक सामग्री बैंकमा सहयोग गर्न सक्नेछन्। संकलित सामग्रीहरू आवश्यकता अनुसार लक्षित बालबालिकालाई वितरण गरिने जनाइएको छ।











