युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी, मंसिर ८ ।
डाेटीकाे दिपायल सिलगढी नगरपालिका–३, दिल्पेश्वरमा सञ्चालन हुँदै आएको ‘रूपान्तरण सेसन’ आज औपचारिक रूपमा सम्पन्न गरिएको छ।
युएन एफपिए ( UNFPA) र पीसविन नेपालको सहकार्यमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाअन्तर्गत सन् 2025 देखि निरन्तर रूपमा सञ्चालनमा रहेको उक्त कार्यक्रमले आजसम्म ३० वटा सेसन पूरा गर्दै समापन गरेको हो।

कार्यक्रम अवधिभर विद्यालयमा बालबालिका र अभिभावकबीच पारिवारिक संवाद, लैङ्गिक हिंसा, रूढिवादी परम्परा र सामाजिक व्यवहारबारे निरन्तर छलफल हुँदै आएको थियो।
यसले अभिभावक र बालबालिकामा सचेतना बढाउँदै दुवै पक्षको सोच र धारणा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको अभिभावकहरूले बताएका छन्। रूपान्तरण कक्षाले विशेषगरी लैङ्गिक समानता, हिंसा न्यूनिकरण तथा सकारात्मक पारिवारिक सम्बन्ध निर्माणमा ठोस प्रभाव पारेको उनीहरूको धारणा छ। यी परिवर्तनहरूले विद्यालय र समुदाय दुबैमा स्वस्थ र सहयोगी वातावरण निर्माण गर्न मद्दत गरेको बताइन्छ।

उक्त अनुगमन कार्यक्रममा ‘परिवारिक संवाद’ तथा ‘अन्तरपुस्ता संवाद’का सहभागीहरू पनि सहभागी रहेका थिए। उनीहरूले समेत समुदायमा हुने लैङ्गिक हिंसा तथा महिलामाथि हुने हिंसा न्यूनीकरणमा यस्ता कार्यक्रमहरूले प्रभावकारी सहयोग पुर्‍याउँदै आएको बताएको सहभागीहरूले साझा रूपमा व्यक्त गरे।

समापन तथा अनुगमन कार्यक्रममा दिपायल सिलगढी नगरप्रमुख, जिल्ला समन्वय प्रमुख, दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा नगरप्रमुखले रूपान्तरण कक्षामा सहभागी किशोर–किशोरीहरूको सिकाइ प्रक्रिया ‘उत्कृष्ट र प्रभावकारी’ भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू सामाजिक परिवर्तनका लागि अत्यन्त उपयोगी रहेको धारणा व्यक्त गरेका छन् ।

त्यसैगरी दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिर्घ बहादुर काठायतले विद्यार्थीहरू पहिलेभन्दा बढी अनुशासित भएको, अध्ययनमा उल्लेखनीय सुधार आएको र व्यक्तिगत क्षमता वृद्धि भइरहेको बताए ।

लैङ्गिक हिंसा न्यूनीकरण र समुदायमा सकारात्मक सोच विकासमा यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै नगरप्रमुख र जिल्ला समन्वय प्रमुख द्वयले आगामी दिनमा पनि रूपान्तरण जस्ता कार्यक्रमलाई नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस कार्यक्रमले विद्यार्थीहरूको अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासमा उल्लेखनीय सुधार ल्याएको संस्थामा कार्यरत कर्मचारी रमा भण्डारीले बताइन् । भण्डारीले थपिन,” समुदायमा लैङ्गिक समानता बारे जागरूकता बढ्दै गएको छ। परिवार तथा पुस्ताबीचको संवाद सुदृढ भई घरेलु तथा लैङ्गिक हिंसाका घटना घट्न सहयोग पुगेको छ। सामाजिक रूपान्तरणतर्फ समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन देखा पर्न थालेको छ । बालबालिकामा समानताकाे बाेध भएकाे छ । ”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय