कैलाली,
कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुरमा आइतबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।
शंकर बिकको घरमा कोही नभएको बेला उनका ५ वर्षीय भान्जा अभिषेक बिकले लाइटर चलाउँदा घर नजिकैको परालमा आगो लागेको र त्यसपछि घरमा सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्रका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन्। मानविय तथा चौपाया क्षति नभएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











